Friday, July 10, 2009

नुवाकोट जिल्लाको संक्षिप्त परिचय - About Nuwakot District

नेपाल अधिराज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको वाग्मती अञ्चल अर्न्तगत राजधानी काठमाण्डौं उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोट एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । अधिराज्यको कुनै पनि अञ्चलको सिमाना तथा अन्तर्रर्ााट्रय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेहमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रुपमा पर्ूव-पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरु लगाएतका विविध भौगोलिक विशेषताहरु प्ााउन सकिन्छ । भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ ।

राष्ट्रनिर्माता बडामहाराज श्री ५ पृथ्वी नारायण शाहद्वारा तत्कालिन अवस्थामा कान्तिपुर उपत्यका र गण्डकी तथा कर्ण्ााली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरुलाइृ मिलाई एकीकृत र समुन्नत नेपाल अधिराज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्याकाको पश्चिमतर्फो मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य अभियान शुरु गरियो । त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरुप तेस्रो पटकको व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो ।

नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रुपमा लिइृ कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो । जसको परिणामस्वरुप वि.सं.१८२५ मार् इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्‍यो । यस प्रकार क्रमिक रुपमा एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं.१८३१ मा बडा महाराजको र्स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी शासकका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरुले यस अभियानलाइृ अझै व्यापक बनाए । यद्यपि भारतमा साम्राज्य फैलाइरहेका अंग्रेज शाासकहरु यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पर्ूवमा मेची र पश्चिममा राप्ती र कर्ण्ााली पारिका भू-भागहरु गुमाउनु पर्‍यो ।

यी विभिन्न कारणहरुले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो । यद्यपिर् इ.सं.१८५७ मा भारतका सिपही व्रि्रोह दबाउन तत्कालीन शासक जंगबहादुर राणाले अंग्रेजलाइ महत्वपर्ूण्ा सैनिक सहयोग उपलब्ध गराए बापत् हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाइृ फिर्ता भएको थियो । त्यर्सथ नेपाल अधिराज्यको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरुको महत्वपर्ूण्ा भूमिका रहेको स्वत स्पष्ट छ । यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन । बडामहाराज श्री ५ पृथ्वी नारायण शाहबाट वि.सं.१८०१ देखि १८२५ सम्मको महत्वपर्ूण्ा समय नुवाकोटमै व्यतित भएको थियो ।

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपर्ूण्ा मार्गका रुपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाइृ मानिन्छ । जुन मागृ भएर गोरखाली सेनाहरु महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोलीगÝा खरिद जस्ता व्यापक तयारीले लडाँइलाइ सफल तुल्याएको देखिन्छ । नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिृक क्रियाकलापलाई बढावा दिए ।

बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुइृ तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो । पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरुले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरुको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन । स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रुपमा उपयोग गरी अर्काे शीतकालिन दरबारका रुपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिईन्छ । यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो । साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो । यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन । मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाहि जात्रा, रोपार्ँइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ । यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरु पनि यहाँ नभएका हैनन् । गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँँगै केही साँस्कृतिक परम्पराहरु लोप हुदै गएका छन् । जुन दुःख लाग्दो विषय हो । मल्लकालमा उपत्याकाबाट बसार्ँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाण्डौको जस्तर्ैर् इन्द्रचोक, ब्रहृमटोल, भूटोल आदि राखेका थिए । जुन अद्यपि कायम छ । यी नेवार जातिमध्ये कतिपय साततले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अुनुमान गर्न सकिन्छ ।a

नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ । नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ । नेपाल अधिराज्यको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पर्ूर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ । समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ । जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ ।

प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गा.वि.स. तथा एक नगसपालिका र ५६० वडाहरुमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरु रहेका छन् । विगतमा नुवाकोट दुबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।

SLC Result From Nuwakot

२०६५ सालको एसएलसी परीक्षामा नुवाकोट जिल्लाबाट १ हजार ६ सय ५२ जना विद्यार्थीहरु उतिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सोमवार बेलुकी प्रकाशित गरेको नतिजा अनुसार नुवाकोट जिल्लाबाट नियमिततर्फ परीक्षा दिइएकाहरु मध्ये ३९।२४ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नुवाकोट जिल्लाबाट ४ हजार २ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १५ जना विशिष्ठ श्रेणीमा ४ सय ४५ जना प्रथम श्रेणीमा १ हजार १ सय ३१ जना दितिय श्रेणीमा र ६१ जना त्रितिय श्रेणीमा उतिर्ण भएका छन् । विशिष्ठ श्रेणीमा जनज्ञान निकेतन मावि थानापतिबाट १ जना पायनियर बोडिङ स्कुल तुप्चेबाट २ जना जेडी बोडिङ स्कुलबाट ३ जना उत्तरगया बोडिङ स्कुलबाट १ जना त्रिशूली सामुदायिक बोडिङ स्कुलबाट ४ जना र अर्किड एकेडेमीबाट ४ जना विद्यार्थीहरुले विशिष्ठ श्रेणीमा उतिर्ण भएका छन् । नुवाकोट जिल्लाबाट परीक्षा दिइएका ८१ वटा विद्यालयहरुमध्ये पाचलिङ मावि काहुले बाट परीक्षा दिएका ३० जना विद्यार्थीमध्ये एक जना पनि उतिर्ण भएका छैनन् । यसैगरी एक्जाम्टेडतर्फ ९ सय ४० जनाले परीक्षा दिइएकोमा ३७१ जना उतिर्ण भएका छन् । जसमा ३ जना प्रथम श्रेणीमा ३०७ जना दोस्रो श्रेणीमा ६१ जना तेस्रो श्रेणीमा उतिर्ण भएका छन् ।

सन्दर्भ दोस्रो नुवाकोट महोत्सव ( Nuwakot Festivals News)

नुवाकोटःइतिहास र वर्तमान

नुवाकोट ककनी क्षेत्रमा फलेको भुइँकाफलस्ट्रबेरी अहिले काठमाडौँ नयाँ सडकमा लाम लागेर महिलाहरुले बेचिरहेका छन् । ककनी र रानीपौवा क्षेत्रमा रेन्बो ट्राउट माछा खान काठमाडौँबाट पारखीहरु मोटर र मोटरसाइकल चढेर जान्छन् । नुवाकोटको कान्छी बदामको मीठो स्वाद र मुलाको तिख्खरपन धेरैले अनुभव गरेकै होलान् । त्रिशूलीको चामल भनेपछि एकथरी हुरुक्कै पनि हुन्छन् । अहिले नुवाकोट रसुवागढी-स्याप्रुबेँसी मार्गले पनि परिचित छजसको निर्माण शुभारम्भ चिनियाँ विदेशमन्त्री याङ जेइचीले मङ्सिर १८गते गरेका थिए । सो बाटोले नुवाकोटको गल्छी हुँदै वीरगन्ज भएर भारतको रक्सौलसम्म छुनेछ । चौंसठ्ठी महादेवमध्येका कविलासको ब्रह्मतीर्थेश्वर र देवीघाटको भैरवेश्वर रही वैदिक महत्व बोकेको नुवाकोट एकीकरणको प्रस्थानविन्दुका रुपमा थियो । कान्तिपुर-तिब्बतको व्यापारिक मार्ग तथा नेपाली चेली भृकुटीजसको विवाह तिब्बतका सम्राट् स्रङ्चङ गम्पोसँग सन् ६३९मा भएको थियोले घरमाइती गर्ने बाटोका रुपमा रही सांस्कृतिक महत्व बोकेको नुवाकोट धार्मिक पुरातात्विक सामरिक पर्यटकीय हिसाबले त्यत्तिकै महत्वपूर्ण स्थलका रुपमा परिचित छ । यस्तो विशिष्ट महत्व बोकेको नुवाकोट आर्थिक तथा सामाजिक हिसाबले भने निकै पछाडि छ । बहुत सम्भाव्यता भएर पनि यहाँ बाह्यमात्र होइन आन्तरिक पर्यटनको विकास हुन सकेको छैन । यहाँका कृषि उत्पादनले बजार पाउन सकेका छैनन् भने लगानी पनि पर्याप्त हुन सकेको छैन ।
यसै परिप्रेक्ष्यमा नुवाकोट जिल्लाको विशिष्ट पहिचान अझ उच्च्ा गराउँदै जिल्लाको धार्मिक सांस्कृतिक ऐतिहासिक पुरातात्विक सम्पदाको जगेर्ना र प्रचारप्रसारका साथै जिल्लाको आर्थिक सामाजिक धार्मिक एवं पर्यटकीय विकास गराउने ध्येय राखी आगामी फागुन देखि सम्म द्वितीय नुवाकोट महोत्सव हुन लागेको छ । प्रथम महोत्सव सम्पदा संस्कृति र सिर्जनाको गौरव नुवाकोटलाई राष्ट्रिय-अन्तरराष्ट्रियरुपमा चिनाउन ूमहोत्सव नुवाकोटको पहिचान नुवाकोटकोू भन्ने मूल नाराका साथ माघ २६ -फागुन २ गतेसम्म मनाइएको थियो । नेपाल राज्यका धेरै महत्वपूर्णस्थल महोत्सव आयोजना गरिएपछि चर्चित भएको र पर्यटन प्रबद्र्धन गराउन मद्दत मिलेको अनुभव मिलेको छ । यस सन्दर्भमा पहिलो महोत्सवको अनुभवबाट उत्साहित हुँदै नुवाकोटलाई चिनाउन आगामी फागुन१४-२०गतेसम्म दोस्रो नुवाकोट महोत्सवको घोषणा हुनु उत्साहजनक नै मान्न्ाुपर्छ ।

द्वितीय नुवाकोट महोत्सवका लागि नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पत्रकार शरणउत्सुक सापकोटा संयोजक रहेकेा ५०१ सदस्यीय मूल समारेाह समिति पुस २१ गतेको भेलाद्वारा गठन भइसकॆको छ । समितिमा जिल्लाका स्थानीय निकाय पर्यटन राजनीतिक जिल्ला प्रशासन सुरक्षा निकाय उद्योग वाणिज्यनिर्माणव्यवसाय खेलकुद स्थानीय सरकारी सार्वजनिक कार्यालय गैसस पत्रकारसामाजिक सङ्घसंस्था मानवअधिकार शैक्षिक संस्था स्ववियु वातावरण गायन समाजसेवा आदि लगायतका प्रायःसम्पूर्ण क्षेत्रका प्रतिनिधि समेटिएका छन् । त्यस्तै कार्यसाचालन समिति र सल्लाहकार समिति तथा मूल समितिअन्तर्गत उपसमिति पनि गठन गरिने छ ।

महोत्सवअन्तर्गत जनजातिका सांस्कृतिक झाँकी प्रदर्शन नेवारी सांस्कृतिक तथा खाना उत्सव लोकदोहरी गोरु ज्ाुधाइ ऐतिहासिक तथा भौतिक सम्पदाहरुको अवलोकन कृषि तथा औद्योगिक प्रदर्शनी तथा जिल्लाका मैालिक तथा अन्य विभिन्न्ा वस्तु तथा प्रविधिको पनि प्रदर्शनी हुने छ । नुवाकोटका विशेष तथा मौलिक उत्पादन रेन्बो ट्राउट माछा स्ट्रबेरी पिँडालु मुला कान्छी बदामचामल र सख्खर महोत्सवका आकर्षण हुने छन् ।

इतिहासमा स्वतन्त्र राज्य नभएर यो काठमाडांै वा खास नेपालअन्तर्गत नै पथ्र्याे । प्रथम गोपालवंशी गुप्तहरुलाई पराजित गरी महिषपालवंशी वरिसंहले पूर्वमा दूधकोशी पश्चिममा त्रिशूलगङ्गा उत्तरमा नीलखेतत्रिशूलधाराको उत्पतिस्थानर दक्षिण चित्लाङसँग राज्य गरेको भनी इतिहासमा उल्लेख भएकाले नुवाकोटको छुट्टै अस्तित्व थिएन भन्ने बुझिन्छ । त्यसपछिका किराँती राजाहरुले तिब्बत भारत र िसंहलद्वीपसम्म व्यापार गर्ने भन्नेा देखाएकाले नुवाकोट नेपालअन्तर्गत नै रहेको थाहा हुन्छ । लिच्छवी राजा मानदेवप्रथमको राज्य उत्तरमा हिमालयदेखि पश्चिममा गण्डकीपारि र पूर्वमा लगभग कोसीसम्म फैलिएको हुनाले नुवाकोट पछिसम्म नै सिङ्गो नेपालअन्तर्गत पथ्र्याे भन्ने बुझिन्छ । अन्तिम लिच्छवी राजा जयकामदेवपछि नुवाकोटे ठकुरी भाष्करदेव नेपालका राजा भएकेा वंशावलीमा उल्ल्ोख गरिएको छ । उनीपछि बलदेव उदयदेव हुँदै शङ्करदेव राजा भएका थिए । उनीपछि अंशुवर्माका सन्तानमा राज्य गयो ।

इतिहासमा नुवाकोट कहिले खस राज्यअन्तर्गत त कहिले नेपाल राज्यअन्तर्गत र कहिले स्वतन्त्र राज्यको रुपमा पाइन्छ । नुवाकोट खस राज्य र नेपाल राज्यको खिचातानीमा परिरहेको देखिन्छ । उपत्यकाका राजा यक्ष मल्लको पालामा भने यिनको राज्य मगधसम्म पुगेकेा थियो । अनेक पहाडी राज्यलाई जितेका यक्षले पूर्वमा बङ्गाल दक्षिणमा गङ्गा र गया तथा पश्चिममा गोरखा तथा उत्तरमा सिकारजोङदिगर्चासम्म आफ्नो राज्य विस्तार गरेका थिए । तथापि केही तथ्य विवादास्पद पनि छन् । मृत्युपूर्व यक्षले आफ्ना राज्य छोरा र छोरीलाई बाँडेका थिए । सोअनुसार जेठा रायलाई भादगाउँ रणलाई बनेपा रत्नलाई कान्तिपुर र छोरीलाई पाटन दिए । कान्तिपुरको सीमा भने पूर्वमा वाग्मती पश्चिममा त्रिशूली उत्तरमा नीलकण्ठ पर्वत र दक्षिणमा पाटन थियो । त्यसैले रत्नमल्लको पालामा नुवाकोट कान्तिपुरअन्तर्गत नै पर्ने स्पष्ट छ । तर नुवाकोटमा ठकुरीहरुको बोलवाला थियो ।

एकपटक नुवाकोटे ठकुरीहरुले राजाज्ञाको वास्तै नगरी राजेश्वरीदेवीको मूर्तिमा नयाँ रङ्ग लाउन लगाएका थिए । यसैलाई निहुँ बनाई नेसं ६११मा रत्नले नुवाकोटउपर आक्रमण गरे र ठकुरीहर पराजित भए । सो विजयको उपलक्ष्यमा रत्नले नुवाकोटबाट ल्याइएका फलफूलले पशुपतिको पूजा गरेका थिए ।

ज्यप्रकाश मल्लको पालामा समेत नुवाकोट कान्तिपुरअन्तर्गत नै थियो । नुवाकोट भोट र नेपालको बीच हुने व्यापारको प्रधानमार्ग थियो । यसबाट कान्तिपुरलाई आर्थिक फाइदा भइरहेको थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो एकीकरणको पहिलो पाइला नुवाकोटबाटै सुरु गरे । विसं १८०१असोज १५गते काशीबाट ल्याइएको हातहतियार र प्रशिक्षित सैनिकको बलले नुवाकोट विजय भयो । नेपाल एकीकरणको थालनी नुवाकोटबाटै भएकाले यसको ऐतिहासिक महत्व छ ।

पृथ्वीनारायणले नुवाकोट जितेपछि राज्यविस्तारका काम अरु अगाडि बढाउन नुवाकोटलाई नै दोस्रो राजधानी बनाएको प्रसङ्ग एकातिर छ भने रणबहादुर शाहको पालामा पारिवारिक कचिङ्गलका कारण कान्तिपुरको शासन रणबहादुरले पाटनबाट र छोरा गीर्वाणले नुवाकोटबाट राज्य चलाउँदा नुवाकोटलाई राजधानी बनाएको अर्काे प्रसङ्ग पनि छ । पृथ्वीका कान्छा छोरा बहादुर शाह नुवाकोटमै जन्मेको र उनीविरुद्ध षडयन्त्र भएपछि कैद गर्दा उनलाई नुवाकोटमा राखिएको अर्काे इतिहास पनि छ । प्रधानमन्त्रीमुख्तियारभीमसेन थापाले पश्चिम पाल्पा जाँदा खिन्चेतमा आँपको ७००विरुवा रोप्न लगाएको जङ्गबहादुरले विसं १८८४मा पश्चिम भ्रमण गर्दा त्रिशूलीमा विर्ता दिने आश्वासन दिई मानिसहरुलाई पक्की घरहरु बनाउन लगाएको जङ्गबहादुरले राजा सुरेन्द्रविक्रमको पालामा नुवाकोटको त्रिशुलीबाट फाल हालेकोराजा महेन्द्र पश्चिमको भ्रमणमा नुवाकोटकै बाटोबाट गएको र पृथ्वीनारायणले सामरीका खँड्काबाट लिएको ऋण रु चार हजार विनाब्याज तिरेकोराजाहरु वीरेन्द्र र ज्ञानेन्द्र पनि बेलाबखत नुवाकोटमा आइरहेको तथा तत्कालीन युवराज दीपेन्द्र विद्यालयबाट गोरखा भ्रमणमा जाँदा त्रिशूली गेस्टहाउसमा बसेकोजस्ता तथ्य प्नि फेला पर्छन् । त्यतिबेला साहित्यकार लेखनाथ पौडेलधर्मराज थापा माधव घिमिरे आदिको काठमाडांै आउने बाटो पनि नुवाकोट नै थियो ।

अंशुवर्माकी छोरी अहिले आफ्नै छोरी नभएकेा तर्क आइसकेको छ भृकुटीको घरमाइती नै बाटो नै नुवाकोट थियो । भृकुटीको जन्म नै नुवाकोटमा भएको तर्क पनि इतिहासमा चाख राख्नेहरुले राख्ने गरेकाछन् । रत्नमल्लका पालमा कान्तिपुरमा हालीमुहाली गरिबस्ने ठकुरीहरु नुवाकोटकै भएकाले पनि लिच्छवीकालका एक मात्र ठकुरीवंशी राजा अंशुवर्मा नुवाकोटकै हुनसक्ने संभावना छ । नुवाकोट अशोकवाटिकामा रहेका अशोकका रुखहरु अंशुवर्माले नै रोपेको विश्वास गरिन्छ । पहिले अशुवाटिका भनिए पनि अपभ्रंश भई हाल अशोकवाटिका नाम रहेको बताइन्छ । इतिहासकार नरहरिनाथ नुवाकोटलाई भृकुटीको घरमाइती गर्ने मार्ग भनेर नुवाकोटे जनतालाई सम्झाइरहन्थे ।

प्राचीनकालदेखि नै नेपालकान्तिपुरर भोटको व्यापारको मूल बाटो नुवाकोट नै थियो र सोही व्यापार नै कान्तिपुरको मुख्य आयको स्रोत थियो । नुवाकोट पहिलेदेखि नै सागपात फलफूल र बीउको लागि प्रसिद्ध थियो । अहिले पनि त्रिशूलीमा रहेका दुई ठूला विद्युतगृहले देशका धेरै भागमा विद्युतसेवा पु-याइरहेको छ । तिनलाई जिल्लाभरमै विद्युतीकरणमा प्रयोग गर्नु आवश्यक छ । पासाङल्हामु मार्गले रसुवा र नुवाकोटलाई काठमाडांैसँग जोडेकाले आर्थिक कारेावार चलिरहेको छ । नुवाकोट र रसुवाबाट भेडाच्याङ्ग्रा तरकारी फलफूल राजधानी पुग्छ । यहाँका माछाचामल बदाम मासको दाल िपंडालु सखरमुला स्ट्रबेरी मुलुकभरकै लागि प्रख्यात छ । रसुवागढी-स्याफ्रुबेंसी बाटो निर्माणस्याफ्रुबेंसी-गल्छी बाटो मर्मत र फराकिलो तथा गल्छी-देवीघाट बाटो बनेमा भएमा मित्रराष्ट्र चीन र भारतसँग नुवाकोटको सिधा सम्पर्क भई आर्थिक कारोवार निकै बढ्ने अनुमान गर्न सकिन्छ । यसबाट जनस्तरमा छिमेकी देशहरुसँगको मित्रता बढ्न जाने पनि विश्वास गर्न सकिन्छ ।

तीसको दशकमा चर्चामा आएको त्रिशूली-पोखरा राजमार्गलाई मूर्तरुप दिनसकेमा जिल्लाको आर्थिक विकासले पूरै कोल्टो फेर्ने थियो । सो राजमार्गको निर्माणले राजधानीको पश्चिमसँगको सम्पर्कलाई पनि सुगमरुपले बढाउने थियो । सो विषयलाई नुवाकोटेहरुले विशेषरुपमा उठाउनु आवश्यक छ ।

नुवाकोटमा उच्च शैक्षिक योग्यता गरेका र अरु प्रभावशाली नेताहरुको कमी छैन । जिल्लाले अर्थ आवास तथा भौतिक योजना साचार परराष्ट्र शिक्षा स्वास्थ्य सामान्य प्रशासन वन तथा भूसंरक्षणकृषि वाणिज्य मन्त्री तथा राज्यमन्त्रीहरु प्राप्त गरिसकेकोछ । त्यस्तै राष्ट्रिय योजना आयोगमा पनि जिल्लाका अर्थशास्त्री नेताहरु पुगिसकेका छन् । पार्टीको संसदीय दलको प्रमुख सचेतक तथा पार्टीको केन्द्रीय तह र भ्रातृसङ्गठनका प्रमुख पदाधिकारीमा पनि यहाँका नेताहरु रहेका छन् । विद्रोही नेकपामाओवादीका मध्यपश्चिम कमान्ड इन्चार्ज नुवाकोटकै हुनुहुन्छ । नेताहरुले जिल्लाको विकासका लागि आफ्नै दलको आन्तरिक राजनीति र जिल्लास्तरका दलहरुसँगको प्रतिस्पर्धामा विकासनिर्माणका विषयमा सम्झौता नगरी काम गरिदिए जिल्लाको भविष्य निकै उज्ज्वल हुनेमा शङ्का गर्न सकिन्न ।

पृथ्वीनारायण शाहले विसं १८१७मा निर्माण गरेकॊ साततले दरबार मल्लकालीन रङ्गमहल गारदघरप्राचीन भैरवी मन्दिर धामीघरचैत्यविहार वनदेवीलगायतका थुप्रै ऐतिहासिक तथा धार्मिक एवं पुरातात्विक महत्वका स्मारक एवं मन्दिर यहाँ विद्यमान छन् । नुवाकोट प्राचीनकालदेखि नै शैव बौद्ध वैष्णव र शाक्त सम्प्रदायको सङ्गम रहिआएको छ । यहाँका खेलाडीचलचित्ररङ्गकर्मी तथा साहित्यिक व्यक्तित्वहरुले मुलुक तथा अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि पाइसकेका छन् । हालका दिनहरुमा नुवाकोटमा साहित्यिक गतिविधि बढिरहेको छ ।

धामीले भोग खाने देवीघाटको जात्रा र नुवाकोट भैरवीमन्दिरमा हुने सिन्दुरे जात्रा हेर्न नुवाकोटबाहिरका काठमाडांै रसुवा र धादिङ।sा जनतासमेत यहाँ आउने गर्छन् ।

यहाँका तामाङ कुमाल दनुवार शाक्य मुसलमान खँड्का मगर शाह आदि जाति तथा जनजातिको मानवशास्त्रीय तथा समाजशास्त्रीय अध्ययन अनुसन्धाता तथा विद्याथीैहरुका लागि रोचक हुनसक्छ । यहाँका चेलिबेटीहरुलाई विदेशमा विक्रीका लागि लगिएकाले सोको नियन्त्रण गर्न गैरसरकारीस्तरमा कदमहरु पनि चालिएका