Friday, July 10, 2009

SLC Result From Nuwakot

२०६५ सालको एसएलसी परीक्षामा नुवाकोट जिल्लाबाट १ हजार ६ सय ५२ जना विद्यार्थीहरु उतिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सोमवार बेलुकी प्रकाशित गरेको नतिजा अनुसार नुवाकोट जिल्लाबाट नियमिततर्फ परीक्षा दिइएकाहरु मध्ये ३९।२४ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नुवाकोट जिल्लाबाट ४ हजार २ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १५ जना विशिष्ठ श्रेणीमा ४ सय ४५ जना प्रथम श्रेणीमा १ हजार १ सय ३१ जना दितिय श्रेणीमा र ६१ जना त्रितिय श्रेणीमा उतिर्ण भएका छन् । विशिष्ठ श्रेणीमा जनज्ञान निकेतन मावि थानापतिबाट १ जना पायनियर बोडिङ स्कुल तुप्चेबाट २ जना जेडी बोडिङ स्कुलबाट ३ जना उत्तरगया बोडिङ स्कुलबाट १ जना त्रिशूली सामुदायिक बोडिङ स्कुलबाट ४ जना र अर्किड एकेडेमीबाट ४ जना विद्यार्थीहरुले विशिष्ठ श्रेणीमा उतिर्ण भएका छन् । नुवाकोट जिल्लाबाट परीक्षा दिइएका ८१ वटा विद्यालयहरुमध्ये पाचलिङ मावि काहुले बाट परीक्षा दिएका ३० जना विद्यार्थीमध्ये एक जना पनि उतिर्ण भएका छैनन् । यसैगरी एक्जाम्टेडतर्फ ९ सय ४० जनाले परीक्षा दिइएकोमा ३७१ जना उतिर्ण भएका छन् । जसमा ३ जना प्रथम श्रेणीमा ३०७ जना दोस्रो श्रेणीमा ६१ जना तेस्रो श्रेणीमा उतिर्ण भएका छन् ।

1 comment:

  1. laxmi shawori secondary school bata 2 jane distinction lerako 6 hai

    ReplyDelete