Friday, July 10, 2009

सन्दर्भ दोस्रो नुवाकोट महोत्सव ( Nuwakot Festivals News)

नुवाकोटःइतिहास र वर्तमान

नुवाकोट ककनी क्षेत्रमा फलेको भुइँकाफलस्ट्रबेरी अहिले काठमाडौँ नयाँ सडकमा लाम लागेर महिलाहरुले बेचिरहेका छन् । ककनी र रानीपौवा क्षेत्रमा रेन्बो ट्राउट माछा खान काठमाडौँबाट पारखीहरु मोटर र मोटरसाइकल चढेर जान्छन् । नुवाकोटको कान्छी बदामको मीठो स्वाद र मुलाको तिख्खरपन धेरैले अनुभव गरेकै होलान् । त्रिशूलीको चामल भनेपछि एकथरी हुरुक्कै पनि हुन्छन् । अहिले नुवाकोट रसुवागढी-स्याप्रुबेँसी मार्गले पनि परिचित छजसको निर्माण शुभारम्भ चिनियाँ विदेशमन्त्री याङ जेइचीले मङ्सिर १८गते गरेका थिए । सो बाटोले नुवाकोटको गल्छी हुँदै वीरगन्ज भएर भारतको रक्सौलसम्म छुनेछ । चौंसठ्ठी महादेवमध्येका कविलासको ब्रह्मतीर्थेश्वर र देवीघाटको भैरवेश्वर रही वैदिक महत्व बोकेको नुवाकोट एकीकरणको प्रस्थानविन्दुका रुपमा थियो । कान्तिपुर-तिब्बतको व्यापारिक मार्ग तथा नेपाली चेली भृकुटीजसको विवाह तिब्बतका सम्राट् स्रङ्चङ गम्पोसँग सन् ६३९मा भएको थियोले घरमाइती गर्ने बाटोका रुपमा रही सांस्कृतिक महत्व बोकेको नुवाकोट धार्मिक पुरातात्विक सामरिक पर्यटकीय हिसाबले त्यत्तिकै महत्वपूर्ण स्थलका रुपमा परिचित छ । यस्तो विशिष्ट महत्व बोकेको नुवाकोट आर्थिक तथा सामाजिक हिसाबले भने निकै पछाडि छ । बहुत सम्भाव्यता भएर पनि यहाँ बाह्यमात्र होइन आन्तरिक पर्यटनको विकास हुन सकेको छैन । यहाँका कृषि उत्पादनले बजार पाउन सकेका छैनन् भने लगानी पनि पर्याप्त हुन सकेको छैन ।
यसै परिप्रेक्ष्यमा नुवाकोट जिल्लाको विशिष्ट पहिचान अझ उच्च्ा गराउँदै जिल्लाको धार्मिक सांस्कृतिक ऐतिहासिक पुरातात्विक सम्पदाको जगेर्ना र प्रचारप्रसारका साथै जिल्लाको आर्थिक सामाजिक धार्मिक एवं पर्यटकीय विकास गराउने ध्येय राखी आगामी फागुन देखि सम्म द्वितीय नुवाकोट महोत्सव हुन लागेको छ । प्रथम महोत्सव सम्पदा संस्कृति र सिर्जनाको गौरव नुवाकोटलाई राष्ट्रिय-अन्तरराष्ट्रियरुपमा चिनाउन ूमहोत्सव नुवाकोटको पहिचान नुवाकोटकोू भन्ने मूल नाराका साथ माघ २६ -फागुन २ गतेसम्म मनाइएको थियो । नेपाल राज्यका धेरै महत्वपूर्णस्थल महोत्सव आयोजना गरिएपछि चर्चित भएको र पर्यटन प्रबद्र्धन गराउन मद्दत मिलेको अनुभव मिलेको छ । यस सन्दर्भमा पहिलो महोत्सवको अनुभवबाट उत्साहित हुँदै नुवाकोटलाई चिनाउन आगामी फागुन१४-२०गतेसम्म दोस्रो नुवाकोट महोत्सवको घोषणा हुनु उत्साहजनक नै मान्न्ाुपर्छ ।

द्वितीय नुवाकोट महोत्सवका लागि नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पत्रकार शरणउत्सुक सापकोटा संयोजक रहेकेा ५०१ सदस्यीय मूल समारेाह समिति पुस २१ गतेको भेलाद्वारा गठन भइसकॆको छ । समितिमा जिल्लाका स्थानीय निकाय पर्यटन राजनीतिक जिल्ला प्रशासन सुरक्षा निकाय उद्योग वाणिज्यनिर्माणव्यवसाय खेलकुद स्थानीय सरकारी सार्वजनिक कार्यालय गैसस पत्रकारसामाजिक सङ्घसंस्था मानवअधिकार शैक्षिक संस्था स्ववियु वातावरण गायन समाजसेवा आदि लगायतका प्रायःसम्पूर्ण क्षेत्रका प्रतिनिधि समेटिएका छन् । त्यस्तै कार्यसाचालन समिति र सल्लाहकार समिति तथा मूल समितिअन्तर्गत उपसमिति पनि गठन गरिने छ ।

महोत्सवअन्तर्गत जनजातिका सांस्कृतिक झाँकी प्रदर्शन नेवारी सांस्कृतिक तथा खाना उत्सव लोकदोहरी गोरु ज्ाुधाइ ऐतिहासिक तथा भौतिक सम्पदाहरुको अवलोकन कृषि तथा औद्योगिक प्रदर्शनी तथा जिल्लाका मैालिक तथा अन्य विभिन्न्ा वस्तु तथा प्रविधिको पनि प्रदर्शनी हुने छ । नुवाकोटका विशेष तथा मौलिक उत्पादन रेन्बो ट्राउट माछा स्ट्रबेरी पिँडालु मुला कान्छी बदामचामल र सख्खर महोत्सवका आकर्षण हुने छन् ।

इतिहासमा स्वतन्त्र राज्य नभएर यो काठमाडांै वा खास नेपालअन्तर्गत नै पथ्र्याे । प्रथम गोपालवंशी गुप्तहरुलाई पराजित गरी महिषपालवंशी वरिसंहले पूर्वमा दूधकोशी पश्चिममा त्रिशूलगङ्गा उत्तरमा नीलखेतत्रिशूलधाराको उत्पतिस्थानर दक्षिण चित्लाङसँग राज्य गरेको भनी इतिहासमा उल्लेख भएकाले नुवाकोटको छुट्टै अस्तित्व थिएन भन्ने बुझिन्छ । त्यसपछिका किराँती राजाहरुले तिब्बत भारत र िसंहलद्वीपसम्म व्यापार गर्ने भन्नेा देखाएकाले नुवाकोट नेपालअन्तर्गत नै रहेको थाहा हुन्छ । लिच्छवी राजा मानदेवप्रथमको राज्य उत्तरमा हिमालयदेखि पश्चिममा गण्डकीपारि र पूर्वमा लगभग कोसीसम्म फैलिएको हुनाले नुवाकोट पछिसम्म नै सिङ्गो नेपालअन्तर्गत पथ्र्याे भन्ने बुझिन्छ । अन्तिम लिच्छवी राजा जयकामदेवपछि नुवाकोटे ठकुरी भाष्करदेव नेपालका राजा भएकेा वंशावलीमा उल्ल्ोख गरिएको छ । उनीपछि बलदेव उदयदेव हुँदै शङ्करदेव राजा भएका थिए । उनीपछि अंशुवर्माका सन्तानमा राज्य गयो ।

इतिहासमा नुवाकोट कहिले खस राज्यअन्तर्गत त कहिले नेपाल राज्यअन्तर्गत र कहिले स्वतन्त्र राज्यको रुपमा पाइन्छ । नुवाकोट खस राज्य र नेपाल राज्यको खिचातानीमा परिरहेको देखिन्छ । उपत्यकाका राजा यक्ष मल्लको पालामा भने यिनको राज्य मगधसम्म पुगेकेा थियो । अनेक पहाडी राज्यलाई जितेका यक्षले पूर्वमा बङ्गाल दक्षिणमा गङ्गा र गया तथा पश्चिममा गोरखा तथा उत्तरमा सिकारजोङदिगर्चासम्म आफ्नो राज्य विस्तार गरेका थिए । तथापि केही तथ्य विवादास्पद पनि छन् । मृत्युपूर्व यक्षले आफ्ना राज्य छोरा र छोरीलाई बाँडेका थिए । सोअनुसार जेठा रायलाई भादगाउँ रणलाई बनेपा रत्नलाई कान्तिपुर र छोरीलाई पाटन दिए । कान्तिपुरको सीमा भने पूर्वमा वाग्मती पश्चिममा त्रिशूली उत्तरमा नीलकण्ठ पर्वत र दक्षिणमा पाटन थियो । त्यसैले रत्नमल्लको पालामा नुवाकोट कान्तिपुरअन्तर्गत नै पर्ने स्पष्ट छ । तर नुवाकोटमा ठकुरीहरुको बोलवाला थियो ।

एकपटक नुवाकोटे ठकुरीहरुले राजाज्ञाको वास्तै नगरी राजेश्वरीदेवीको मूर्तिमा नयाँ रङ्ग लाउन लगाएका थिए । यसैलाई निहुँ बनाई नेसं ६११मा रत्नले नुवाकोटउपर आक्रमण गरे र ठकुरीहर पराजित भए । सो विजयको उपलक्ष्यमा रत्नले नुवाकोटबाट ल्याइएका फलफूलले पशुपतिको पूजा गरेका थिए ।

ज्यप्रकाश मल्लको पालामा समेत नुवाकोट कान्तिपुरअन्तर्गत नै थियो । नुवाकोट भोट र नेपालको बीच हुने व्यापारको प्रधानमार्ग थियो । यसबाट कान्तिपुरलाई आर्थिक फाइदा भइरहेको थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो एकीकरणको पहिलो पाइला नुवाकोटबाटै सुरु गरे । विसं १८०१असोज १५गते काशीबाट ल्याइएको हातहतियार र प्रशिक्षित सैनिकको बलले नुवाकोट विजय भयो । नेपाल एकीकरणको थालनी नुवाकोटबाटै भएकाले यसको ऐतिहासिक महत्व छ ।

पृथ्वीनारायणले नुवाकोट जितेपछि राज्यविस्तारका काम अरु अगाडि बढाउन नुवाकोटलाई नै दोस्रो राजधानी बनाएको प्रसङ्ग एकातिर छ भने रणबहादुर शाहको पालामा पारिवारिक कचिङ्गलका कारण कान्तिपुरको शासन रणबहादुरले पाटनबाट र छोरा गीर्वाणले नुवाकोटबाट राज्य चलाउँदा नुवाकोटलाई राजधानी बनाएको अर्काे प्रसङ्ग पनि छ । पृथ्वीका कान्छा छोरा बहादुर शाह नुवाकोटमै जन्मेको र उनीविरुद्ध षडयन्त्र भएपछि कैद गर्दा उनलाई नुवाकोटमा राखिएको अर्काे इतिहास पनि छ । प्रधानमन्त्रीमुख्तियारभीमसेन थापाले पश्चिम पाल्पा जाँदा खिन्चेतमा आँपको ७००विरुवा रोप्न लगाएको जङ्गबहादुरले विसं १८८४मा पश्चिम भ्रमण गर्दा त्रिशूलीमा विर्ता दिने आश्वासन दिई मानिसहरुलाई पक्की घरहरु बनाउन लगाएको जङ्गबहादुरले राजा सुरेन्द्रविक्रमको पालामा नुवाकोटको त्रिशुलीबाट फाल हालेकोराजा महेन्द्र पश्चिमको भ्रमणमा नुवाकोटकै बाटोबाट गएको र पृथ्वीनारायणले सामरीका खँड्काबाट लिएको ऋण रु चार हजार विनाब्याज तिरेकोराजाहरु वीरेन्द्र र ज्ञानेन्द्र पनि बेलाबखत नुवाकोटमा आइरहेको तथा तत्कालीन युवराज दीपेन्द्र विद्यालयबाट गोरखा भ्रमणमा जाँदा त्रिशूली गेस्टहाउसमा बसेकोजस्ता तथ्य प्नि फेला पर्छन् । त्यतिबेला साहित्यकार लेखनाथ पौडेलधर्मराज थापा माधव घिमिरे आदिको काठमाडांै आउने बाटो पनि नुवाकोट नै थियो ।

अंशुवर्माकी छोरी अहिले आफ्नै छोरी नभएकेा तर्क आइसकेको छ भृकुटीको घरमाइती नै बाटो नै नुवाकोट थियो । भृकुटीको जन्म नै नुवाकोटमा भएको तर्क पनि इतिहासमा चाख राख्नेहरुले राख्ने गरेकाछन् । रत्नमल्लका पालमा कान्तिपुरमा हालीमुहाली गरिबस्ने ठकुरीहरु नुवाकोटकै भएकाले पनि लिच्छवीकालका एक मात्र ठकुरीवंशी राजा अंशुवर्मा नुवाकोटकै हुनसक्ने संभावना छ । नुवाकोट अशोकवाटिकामा रहेका अशोकका रुखहरु अंशुवर्माले नै रोपेको विश्वास गरिन्छ । पहिले अशुवाटिका भनिए पनि अपभ्रंश भई हाल अशोकवाटिका नाम रहेको बताइन्छ । इतिहासकार नरहरिनाथ नुवाकोटलाई भृकुटीको घरमाइती गर्ने मार्ग भनेर नुवाकोटे जनतालाई सम्झाइरहन्थे ।

प्राचीनकालदेखि नै नेपालकान्तिपुरर भोटको व्यापारको मूल बाटो नुवाकोट नै थियो र सोही व्यापार नै कान्तिपुरको मुख्य आयको स्रोत थियो । नुवाकोट पहिलेदेखि नै सागपात फलफूल र बीउको लागि प्रसिद्ध थियो । अहिले पनि त्रिशूलीमा रहेका दुई ठूला विद्युतगृहले देशका धेरै भागमा विद्युतसेवा पु-याइरहेको छ । तिनलाई जिल्लाभरमै विद्युतीकरणमा प्रयोग गर्नु आवश्यक छ । पासाङल्हामु मार्गले रसुवा र नुवाकोटलाई काठमाडांैसँग जोडेकाले आर्थिक कारेावार चलिरहेको छ । नुवाकोट र रसुवाबाट भेडाच्याङ्ग्रा तरकारी फलफूल राजधानी पुग्छ । यहाँका माछाचामल बदाम मासको दाल िपंडालु सखरमुला स्ट्रबेरी मुलुकभरकै लागि प्रख्यात छ । रसुवागढी-स्याफ्रुबेंसी बाटो निर्माणस्याफ्रुबेंसी-गल्छी बाटो मर्मत र फराकिलो तथा गल्छी-देवीघाट बाटो बनेमा भएमा मित्रराष्ट्र चीन र भारतसँग नुवाकोटको सिधा सम्पर्क भई आर्थिक कारोवार निकै बढ्ने अनुमान गर्न सकिन्छ । यसबाट जनस्तरमा छिमेकी देशहरुसँगको मित्रता बढ्न जाने पनि विश्वास गर्न सकिन्छ ।

तीसको दशकमा चर्चामा आएको त्रिशूली-पोखरा राजमार्गलाई मूर्तरुप दिनसकेमा जिल्लाको आर्थिक विकासले पूरै कोल्टो फेर्ने थियो । सो राजमार्गको निर्माणले राजधानीको पश्चिमसँगको सम्पर्कलाई पनि सुगमरुपले बढाउने थियो । सो विषयलाई नुवाकोटेहरुले विशेषरुपमा उठाउनु आवश्यक छ ।

नुवाकोटमा उच्च शैक्षिक योग्यता गरेका र अरु प्रभावशाली नेताहरुको कमी छैन । जिल्लाले अर्थ आवास तथा भौतिक योजना साचार परराष्ट्र शिक्षा स्वास्थ्य सामान्य प्रशासन वन तथा भूसंरक्षणकृषि वाणिज्य मन्त्री तथा राज्यमन्त्रीहरु प्राप्त गरिसकेकोछ । त्यस्तै राष्ट्रिय योजना आयोगमा पनि जिल्लाका अर्थशास्त्री नेताहरु पुगिसकेका छन् । पार्टीको संसदीय दलको प्रमुख सचेतक तथा पार्टीको केन्द्रीय तह र भ्रातृसङ्गठनका प्रमुख पदाधिकारीमा पनि यहाँका नेताहरु रहेका छन् । विद्रोही नेकपामाओवादीका मध्यपश्चिम कमान्ड इन्चार्ज नुवाकोटकै हुनुहुन्छ । नेताहरुले जिल्लाको विकासका लागि आफ्नै दलको आन्तरिक राजनीति र जिल्लास्तरका दलहरुसँगको प्रतिस्पर्धामा विकासनिर्माणका विषयमा सम्झौता नगरी काम गरिदिए जिल्लाको भविष्य निकै उज्ज्वल हुनेमा शङ्का गर्न सकिन्न ।

पृथ्वीनारायण शाहले विसं १८१७मा निर्माण गरेकॊ साततले दरबार मल्लकालीन रङ्गमहल गारदघरप्राचीन भैरवी मन्दिर धामीघरचैत्यविहार वनदेवीलगायतका थुप्रै ऐतिहासिक तथा धार्मिक एवं पुरातात्विक महत्वका स्मारक एवं मन्दिर यहाँ विद्यमान छन् । नुवाकोट प्राचीनकालदेखि नै शैव बौद्ध वैष्णव र शाक्त सम्प्रदायको सङ्गम रहिआएको छ । यहाँका खेलाडीचलचित्ररङ्गकर्मी तथा साहित्यिक व्यक्तित्वहरुले मुलुक तथा अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि पाइसकेका छन् । हालका दिनहरुमा नुवाकोटमा साहित्यिक गतिविधि बढिरहेको छ ।

धामीले भोग खाने देवीघाटको जात्रा र नुवाकोट भैरवीमन्दिरमा हुने सिन्दुरे जात्रा हेर्न नुवाकोटबाहिरका काठमाडांै रसुवा र धादिङ।sा जनतासमेत यहाँ आउने गर्छन् ।

यहाँका तामाङ कुमाल दनुवार शाक्य मुसलमान खँड्का मगर शाह आदि जाति तथा जनजातिको मानवशास्त्रीय तथा समाजशास्त्रीय अध्ययन अनुसन्धाता तथा विद्याथीैहरुका लागि रोचक हुनसक्छ । यहाँका चेलिबेटीहरुलाई विदेशमा विक्रीका लागि लगिएकाले सोको नियन्त्रण गर्न गैरसरकारीस्तरमा कदमहरु पनि चालिएका

2 comments:

  1. We are shocked and shattered to hear the untimely demise of our beloved teacher and member of School Management Committee Mr. Madhu Sudhan Thapaliya. He was friendly, socialist and helpful person. His past memories will always be cherished in our heart.
    May God rest his soul peace in heaven and give his family all the strength to over come this grief.

    Let the memories of the years you’ve shared
    Wash over you heart and soul,
    Let the knowledge that you are in our prayers
    Help you to console
    Let his sprit fill you with strength and love
    May it help the pain decrease,
    As each day that bring a glorious dawn
    Creates an inner peace!
    With my most sincerest and deepest condolence for your lost.

    Uttam Tamang
    Chair person
    School Management Committee (Shree Mahendra Higher Secondary School, Chaturale, Nuwakot)
    Managing Director of Brilliant Treks & Adventure
    Kathmandu, Nepal

    ReplyDelete
  2. I am shocked and shattered to hear the untimely demise of my beloved teacher and member of School Management Committee Mr. Madhu Sudhan Thapaliya. He was friendly, socialist and helpful person. His past memories will always be cherished in our heart.
    May God rest his soul peace in heaven and give his family all the strength to over come this grief.

    Shreeram Thapaliya
    IT Specialist
    Gokyo Treks & Expedition Pvt Ltd
    http://www.sundarnepal.com and http://www.gokyotreksnepal.com

    ReplyDelete